मालपोत कार्यालयका पियनले घुस खाएरै कमाए ९ करोड « Khabarhub

मालपोत कार्यालयका पियनले घुस खाएरै कमाए ९ करोड


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालपोत कार्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचारको पछिल्लो उदाहरण बनेका छन्, राजेन्द्र बस्नेत ।

मालपोत कार्यालय चाबहिलमा कार्यालय सहयोगी (पियन)को रुपमा कार्यरत रहँदा बस्नेतले झन्डै ९ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको छ ।

१९ कात्तिक २०४५ मा कार्यालय सहयोगीको रुपमा सरकारी सेवा प्रवेश गरेका बस्नेत समेत उनको परिवारका नाममा ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ भेटिएको छ । जसमध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै बैध आय भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

हाल निलम्बन रहेका बस्नेत मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी राजश्व रकम हिनामिना गरेको प्रकरणमा अख्तियारको टोलीबाटै पक्राउ परेका थिए । अख्तियारको टोलीले उनको साथबाट ११ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।

अनुसन्धानकै क्रममा बस्नेतले ठूलै रकम गैर कानूनी रुपमा अर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बस्नेतले आफ्नी श्रीमती सीता बस्नेतको नाममा मात्रै ६ करोड ४७ लाख २५ हजार १ सय ४५ रुपैयाँ बराबरको घर तथा जग्गा खरिद गरेका छन् । यस्तै, उनले आमा टुकु कुमारी बस्नेतका नाममा रहेको जग्गामा घर निर्माण गर्न ६२ लाख ९० हजार ५ सय ४८ रुपैयाँ खर्च गरेका भेटिएको अख्तियारले जनाएको छ ।

अख्तियारको अनुसन्धानबाट बस्नेतले ऋण चुक्ता गर्दा ३९ लाख ७६ हजार २ सय ९०, विभिन्न कम्पनीका बीमा पोलिसी खरिद गर्दा ५ लाख ७० हजार ४ सय ९०, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, दाजुभाईलाई अंश वापत नगद दिन १ करोड ५० लाख, पूँजीगत लाभकरमा ३ लाख ४७ हजार ४०, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५, शेयर खरिदमा १८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

जसअन्तर्गत उनले खर्च गरेको तथा हाल रहेको चल अचल गरी ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले बस्नेतविरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना तथा सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ३ : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको