क्रिस गेलले भने– 'सि यु सुन नेपाल' | Khabarhub Khabarhub

क्रिस गेलले भने– ‘सि यु सुन नेपाल’


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हेनरी क्रिस गेल अर्थात् युनिर्भसल बोस फाल्गुन अन्तिममा काठमाडौं आउने भएका छन् । गेल चैत १ गतेदेदिख १५ सम्म सञ्चालन हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न काठमाडौं आउने भएका हुन् ।

गेल ईपीएल टोली पोखरा राइनोजमा आवद्ध भएका हुन् । उनी टोलीमा आवद्ध भएको जानकारी पोखराले बिहीबार सार्वजनिक गरेको हो ।

उनलाई टोलीमा आवद्ध गर्न पछिल्लो ४–५ महिनादेखि आफुहरुले मेहनत गरेको पोखराकी ‘अनर’ दिपा अग्रवालले बताइन् ।

‘हामीले पछिल्लो ४–५ महिना गेललाई नेपाल ल्याउन मेहनत गरेका छौं । यसले नेपाली खेलाडीमा सकारात्मक सन्देश दिएको छ,’ अग्रवालले भनिन्,‘गेल नेपाल आउनु सारा नेपालीका लागि खुसीको कुरा हो ।’

गेल कतिदिन काठमाडौं मा रहने र उनले कति खेल खेल्ने भन्ने भने टुङ्गो लागिसकेको छैन् । तर, उनले २ खेल खेल्ने सम्भावना रहेको जनाइएको छ ।

यस्तै, गेललाई कति मूल्यमा टोलीमा आवद्ध गरियो भन्ने कुरा पनि पोखराले खुलाएको छैन । ईपीएलका एकडि अमिर अख्तरले नेपालमा गेललाई भित्र्याउन पाउँदा खुसी लागेको बताएका छन् ।

यसै सिजनबाट ईपीएलले अन्य घरेलु लिग खेल्ने खेलाडीलाई लिगमा सहभागी नगराउने निर्णय गरेको थियो ।

पोखराले गेलको सन्देशसहितको भिडियो क्लिप सार्वजनिक गरेको छ । जसमा गेलले भनेका छन्,‘के छ नेपाल । हो म क्रिस गेल । युनिर्भिसल बोस । टी–ट्वान्टी किङ् । मैले नेपाल भिजिट एयर २०२० मा नेपाल भ्रमण गर्ने भएको छु । नेपालमा आयोजना हुन लागेको एभेरेस्ट प्रिमियर लिगका अवसरमा । मेरो टिम पोखरा राइनोजलाई समर्थन गर्नुहोस् । यो नेपालको ‘म्याग्निफिसियन्ट क्रिकेट फियस्टा’ । खेलका लागि तयार हुनुहोस् । चाँडै भेटौंला । माया र सम्मान !’

टि–ट्वान्टी क्रिकेटमा विस्फोटक ब्याटसम्यानका रुपमा परिचित ४० वर्षीय गेलले वेष्ट इन्डिजका लागि ५८ टि–ट्वान्टी क्रिकेट खेलिसकेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ५ : ०५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित