नेकपा केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको सामूहिक छलफल सम्पन्न | Khabarhub Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको सामूहिक छलफल सम्पन्न


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न गरेका छन् ।

चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय ४५ केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरेका हुन् ।

शुक्रवार अपराह्न बस्ने बैठकमा १५ वटै समूहका टोली नेताहरूले छलफलको निष्कर्ष पेश गर्ने भएका छन् । अन्य समूहले छलफल सम्पन्न गरेपनि १० नम्बर समूहले भने केही बुँदाहरुमा शुक्रबार विहान समेत छलफल गर्ने भएको छ ।

समूहका सदस्य युवराज चौलागाईंले समय अभावनका कारण सबै विषयमा छलफल हुन नसकेको बताउँदै विधान संशोधनका केही बुँदाहरूमा शुक्रबार बिहान छलफल हुने जानकारी दिए ।

नेकपाकाे विधान अनुसार ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने भए पनि अहिले करीब १८ महिनापछि बैठक बसेको हो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ६ : २४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः