नेपालका लागि भारतीय राजदूतमा क्वात्र नियुक्त | Khabarhub Khabarhub

नेपालका लागि भारतीय राजदूतमा क्वात्र नियुक्त


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्र नियुक्त भएका छन् । उनी राजदूतमा नियुक्त भएको काठमाडाै‌स्थित भारतीय दूतावासले पुष्टि गरेको हो ।

दूतावासले ट्वीटरमा लेखेको छ– ‘हाल फ्रान्सका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई नेपालका आगामी भारतीय राजदूतको रुपमा गरिएकाे नियुक्तिकाे दूतावास स्वागत गर्दछ ।’

यसअघिका राजदूत मन्जीभ सिंह पुरीले आफ्नो कार्यकाल पूरा गरी हालै स्वदेश फर्केपछि भारतले नयाँ राजदूत नियुक्त गरेको हो।

को हुन् क्वात्र ?

नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएका  क्वात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

सन् १९८८ मा भारतीय विदेश सेवा (आईएफएस)मार्फत सेवा प्रवेश गरेका क्वात्र सन् १९९३ सम्म भारतीय स्थायी नियोग जेनेभामा कार्यरत थिए ।

फ्रेञ्च, अंग्रेजी, रुसी र हिन्दी भाषामा धाराप्रवाह क्षमता भएका यी कुटनीतिज्ञको संयुक्त राष्ट्र संघीय विभिन्न एजेन्सीहरु लगायत मानव अधिकार आयोगको समेत कार्यानुभव छ ।

विज्ञानमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका उनले सन् १९९३ देखि २००३ सम्म संयुक्त राष्ट्र संघमा भारतका लागि डेक्स अफिसर तथा दक्षिण अफ्रिका र उज्वेकिस्तानस्थित भारतीय कुटनीतिक नियोगमा कार्यरत थिए ।

सन २००३ देखि २००६ सम्म क्वात्र चीनमा डपुटी चिफ अफ मिशनका रुपमा कार्यरत थिए । सन् २००६ देखि २०१० सम्म यी कुटनीतिज्ञले काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त व्युरोमा प्रमुखका रुपमा सेवा गरेका थिए ।

सन् २०१० देखि २०१३ सम्म उनी संंयुक्त राज्य अमेरिकास्थित भारतीय नियोगमा वाणिज्यदूतका रुपमा कार्यरत थिए । उनी सन् २०१३ देखि २०१५ सम्म भारतीय विदेश मामिला मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान विभागका प्रमुख थिए । त्यहाँ रहँदा उनले अमेरिका महाद्धिप हेर्ने डेस्कको पनि नेतृत्व गरेका थिए ।

सन् २०१५ देखि २०१७ सम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टिमका रुपमा उनले सहसचिवको हैसियतमा प्रधानमन्त्री कार्यालयमा सेवा गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ६ : ५५ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति