नेपालको भ्रमण सकेर लग्जेम्बर्गका विदेशमन्त्री श्रीलंका प्रस्थान « Khabarhub

नेपालको भ्रमण सकेर लग्जेम्बर्गका विदेशमन्त्री श्रीलंका प्रस्थान


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा उनीहरूबीच प्रधानमन्त्री ओलीले युरोपेली संघसहित अन्य क्षेत्रीय तथा बहुपक्षीय माध्यमबाट नेपाललाई सहयोग गरेकामा लग्जेम्बर्गको सराहना गरेका थिए ।

मन्त्री एसलवर्नले नेपालको विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।  भेटमा व्यापार, लगानी, पर्यटन र प्रविधि हस्तान्तरणबारे पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा जलवायु परिवर्तन, सम्पर्क सञ्जाल विस्तार र आप्रवासी कामदारका सम्बन्धमा सहकार्य गर्ने सहमति भएको थियो ।

मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन, पर्यटन तथा कृषिमा आधारित उद्योगको विकासका लागि नेपाललाई अथाह वैदेशिक सहायता आवश्यक भएकाले लग्जेम्बर्गका उद्यमी व्यवसायीलाई नेपालमा पूँजी परिचालन गर्न आह्वान गरेका थिए ।

नेपाल र लग्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूतावासले विशेष कार्यक्रम आयोजना गरेको थियो ।

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा तथा यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले बिदाइ गरेका थिए ।

बाइस वर्षपछि विदेशमन्त्रीस्तरमा लग्जेम्बर्गका विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो । यसअघि तत्कालीन प्रधानमन्त्रीले उक्त देशको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ०६ बजे

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको