सुर्खेत टिपर काण्ड : पीडित पक्षद्वारा विरोधका कार्यक्रम फिर्ता « Khabarhub

सुर्खेत टिपर काण्ड : पीडित पक्षद्वारा विरोधका कार्यक्रम फिर्ता


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- टिपरको ठक्करबाट कालीकोटका एक युवकको मृत्यु भएपछि सुर्खेतको विरेन्द्रनगरमा उत्पन्न तनाव दुई पक्षबीचको सहमतिपछि अन्त्य भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बिहीबार भएको वार्तापछि मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

वार्तामा सहभागी मृतकका आफन्त जनकबहादुर सिंहले पाँचबुँदे सहमतिपछि विरोधका कार्यक्रम फिर्ता लिएको बताए ।

उनका अनुसार टिपर चालक राजकुमार बोहोरालाई हदैसम्मको कारबाहीको लागि किटानी जाहेरी दिई कानूनी प्रक्रियाअघि बढाउने, पीडित पक्षलाई कानूनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने, पीडित परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार तथा प्रर्दशनका क्रममा घाइते भएकाको उपचार खर्चका लागि सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने, आजै शवको पोष्टमार्टम गरी सदगद गर्ने र घटनालाई लिएर भएका विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

सहमतिपछि तीन दिनदेखि तनावग्रस्त वीरेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ । घटनाको तेस्रो दिन टिपरधनी हरि विसी सम्पर्क आएपछि बिहीबार वार्ता भएको हो ।

पीडित परिवारले टिपरधनीसँग वार्ता नहुञ्जेल शव नबुझ्ने अडानसहित विरोध प्रर्दशन गर्दै आएका थिए । मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ डिल्लीकोटका २१ वर्षीय केशरबहादुर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ४९ बजे

हाइटीलाई ४–२ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले