संसदलाई जनपक्षीय बनाउन भगीरथ प्रयत्न गर्छुः सभामुख सापकोटा « Khabarhub

संसदलाई जनपक्षीय बनाउन भगीरथ प्रयत्न गर्छुः सभामुख सापकोटा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने बताएका छन् ।

विहीबार कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनलाई जीवन्त एवम् जनताप्रति जवाफदेही बनाउन आफूले विशेष ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले लोकतन्त्रको विस्तार तथा विकासका लागि आफू प्रतिबद्ध भएर लागिपर्ने उल्लेख गरे ।

राष्ट्रिय विषयमा सदनमा जे जति मात्रामा गम्भीर भएर जीवन्त छलफल गर्न सकियो, उत्ति नै राम्रो प्रलिफल प्राप्त हुने र लोकतन्त्रको विकासमा योगदान पुग्नेमा आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

उनले सञ्चारकर्मीलाई सहज रुपमा सदन तथा संसदीय समितिको समाचार संकलन गर्ने तथा सूचना लिने कार्यमा सहज वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सभामुख सापकोटाले गुणस्तरीय समाचार संकलनका लागि सदनमा नै ‘लवी रिपोर्टिङ’को व्यवस्था गर्नेतर्फ पनि पहल गर्ने विश्वास दिलाए । उनले सदनलाई जनताको पक्षमा बढी जिम्मेवार बनाउन कसरी सकिन्छ भन्ने बारेमा सम्बद्ध सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ५८ बजे

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको