अमेरिकामा ३ सय बढी नेपाली कोरोना संक्रमित भएको अनुमान « Khabarhub

अमेरिकामा ३ सय बढी नेपाली कोरोना संक्रमित भएको अनुमान


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा हजारौं मानिसहरू आक्रान्त भएका छन् । न्युयोर्कमा अस्पतालका बेडहरू भरिएका छन् ।

सङ्क्रमणको चपेटामा अमेरिकामा रहेका नेपालीहरू पनि परेका छन् । बढि संक्रमण फैलिएको न्युयोर्क राज्यमा रहेका केही नेपालीहरूले आफूहरू कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जालमा राखेका छन् । यसले नेपालीहरू ठुलो सङ्ख्यामा संक्रमित भएको अनुमान गर्न सकिन्छ ।

सुदूरपश्चिम समाज अमेरिकाका महासचिव जीवन बम कोरोना सङ्क्रमित भएको जनसम्पर्क समित अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो फेसबुकबाट सार्वजनिक गरिदिएका छन् ।

बिष्टले भने “न्युयोर्क र वरपरका राज्यमा संक्रमित भएर हाम्रो सम्पर्कमा सहयोगका लागि आएका र अरु माध्यमबाट थाहा पाएको आधारमा ३ सय भन्दा बढि नेपाली संक्रमित भएको हाम्रो अनुमान छ । सरुवा रोग भएका कारण संक्रमितले आफ्नो अवस्था बताउँदा अरुलाई संक्रमित हुनबाट जोगिन मद्दत पुग्छ ।”

अध्यक्ष बिष्टले अपेक्षा गरे जस्तै न्युयोर्कमा कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका अर्का नेपाली शम्भु मोक्तानले आफू सङ्क्रमित भएको खुलाउदै अरुलाई पनि रोग नलुकाउन अपिल गरेका छन् । रोग ब्यक्तिको अति संवेदनशिल र गोप्य विषय भए पनि संक्रामक रोगहरूमा यस्ता सन्देसले समुदायलाई थप संक्रमित हुनबाट जोगाउने छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले भने “कोरोनाबाट संक्रमित हुने नेपालीहरू न्युयोर्कमा ठुलो संख्यामा हुनुहुन्छ । ब्रुकलिन केन्स काउन्टी अस्पतालमा ११ जना , उडहलमा ७ जना एलमष्टमा १२ जना नेपालीहरू उपचार गराइरहनु भएको छ । धेरै जना नेपालीले अस्पतालको बेड नपाएर घरमा नै बसेर औषधि उपचार गरिरहनु भएको छ ।”

सुबेदीले संकटमा परेका नेपालीलाई कसरी सहयोग गर्ने भनेर संघ संस्थाहरू बीच संवाद र सहकार्यको प्रयास गरिरहेको बताए ।

न्युयोर्कमा नै बसोबास गर्दै आएका एआरएनए अमेरिकाका पूर्व कार्यसमिति सदस्य सन्जय थापा पनि संक्रमित हुनेको स‌ंख्या निक्कै रहेको अनुमान गर्न सकिने बताउँछन् । उनले भने, “शुरुमा कसैले पनि भन्न चाहदैन , अप्ठ्यारोमा परेपछि मात्रै सहयोग खोज्ने हो । अहिले त्यही भएको छ । कम्तिमा दुई सय नेपाली न्यूयोर्कमा संक्रमित भएको अनुमान गर्न सकिन्छ । यस्तो महामारीमा आफू जोगिदै सहयोग गर्नु पर्ने हुन्छ । हामी विभिन्न तरिकाले सहयोग पुर्याउन प्रयास गर्ने छौँ ।”

सबैभन्दा बढि नेपालीहरू आवद्ध भएको एनआरएनए अमेरिका संक्रमित परिवारलाई सहयोग जुटाउन लागि परेको छ । संक्रमित परिवारलाई कम्तिमा ३ सय डलर तत्काल दिने निर्णय समेत एनआरएनए अमेरिकाले गरिसकेको छ । त्यसका लागि गोफण्ड मार्फत सहयोग सङ्कलन समेत संस्थाले गरिरहेको छ ।

न्युयोर्कसहित टेक्सास र क्यालिफोर्निया लगायतका अरु राज्यमा पनि नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ०७ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर