चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता « Khabarhub

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ ।

सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिमका लागि उडेको थियो ।

तर, विमानमा लोड गरिएका सामानबाट एक प्रकारको गन्ध (राग) आएको र उक्त रागका कारण चालक दलका सदस्यहरुले अप्ठेरो महसुस गरेपछि सेनाको स्काई ट्रक सामान नपुर्‍याइ बीच बाटोबाटै काठमाडौं फर्किएको हो ।

नेपाली सेनाका एक उच्च अधिकारीले सुदूरपश्चिममा सामान पुर्‍याउन गएको स्काइ ट्रक फिर्ता भएको पुष्टि गरेका छन् । यद्यपि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले घटनाबारे विस्तृत रुपमा बुझे पछि मात्रै आफूले त्यसबारे प्रतिक्रिया दिन मिल्ने बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : २५ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले