कोरोनाको उपचारमा अमेरिकामा एचआइभी एड्सको औषधि ! २ जना विरामी निको भएको दावी « Khabarhub

कोरोनाको उपचारमा अमेरिकामा एचआइभी एड्सको औषधि ! २ जना विरामी निको भएको दावी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको औषधि र खोप परिक्षणको अवस्थामा रहेका बेला अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालले एचआइभी एड्सको औषधि चलाएर दुई बिरामीलाई निको पारेको दावी गरेको छ ।

अस्पतालमा निकै सकिस्त भएर आएका सात जना बिरामीलाई भेन्टीलेटरमा राखिएको थियो । अत्याधिक चापले के गरौं कसो गरौं भएका चिकित्सकले शरिरको प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिने एचआइभी एड्स र स्तन क्यान्सरको औषधि भेन्टीलेटरका बिरामीलाई चलाएपछि ती मध्ये दुई जना निको भएको दावी गरिएको छ ।

अन्य दुई जनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । बिरामीलाई लेरोनिलाम्ब नामक औषधि चलाइएको थियो जुन औषधि एचआइभी एड्सका बिरामीलाई खुवाउने गरिन्छ ।

 औषधिको निर्माता कम्पनी बायोटेक फर्म साइटोडीनले कोरोना भाइरसका गम्भीर बिरामीलाई सो औषधिले निको हुने दावी गर्दै आएको छ ।

सो औषधि अन्य ७० जनामा पनि परिक्षणको लागि चलाइएको औषधी निर्माता कम्पनी साइटोडायनका प्रमुख डा. नादर परहसनले जनाएको बेलायतको प्रतिष्ठित पत्रिका डेलीमेलले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ३१ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ