कोरोना भाइरसको प्रभाव– होम क्वारेन्टाइनमै मनाइँदै छ चैती छठ « Khabarhub

कोरोना भाइरसको प्रभाव– होम क्वारेन्टाइनमै मनाइँदै छ चैती छठ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती (बासन्ती) छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ ।

पर्वमा आज (सोमबार) नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्ध्य दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारी छ ।

पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लक डाउन’ जारी गरेको बेला पर्वका विधि क्वारेन्टाइनमा रहँदै घरघरै सम्पन्न गर्न लागिएको हो ।

सूर्यदेबको उपासना गरिने यो पर्व उमङ्ग र उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आए पनि यसपाली कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अघ्र्य दिइने ब्रतालुले बताएका छन् । छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लक डाउन’ले नहुने भएको हो ।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भोलि (मंगलबार) सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य  दिएपछि पर्व सम्पन्न गरिने छ । यसअघि पर्वको पहिलो दिन गत शनिबार ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राती सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि ब्रतालुले सम्पन्न गरिसकेका छन् ।

शरद र बसन्त ऋतुमा गरि वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार¬)सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरि र अन्य फलफूल तथा दहीसहितका सामग्री ब्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै शुरु भएको बासन्ती नवरात्र (चैते दशैं) पनि यसपाली सुनसान देखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ५० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक