राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा खर्च गरियोस् : लोहनी « Khabarhub

राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा खर्च गरियोस् : लोहनी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले कारोना भाइरस संक्रमण फैलन नदिन नौ बुँदे सुझाव दिएका छन् । 

डा. लोहनीले सरकारले गरेको लकडाउनको समर्थन गर्दै राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलबभत्त्ता २५ प्रतिशत कौटती गरि कोरोनाभाइरससँगको लडाईमा खर्च गर्न माग गरेका छन् । 

यस्ता छन् डा. लाेहनीकाे नाै बुँदे सुझाव

१. सरकारको लकडाउनको निर्णय सफल पारौं । देबभित्र कोरोना भाइरस (कोभिड –१९) रोक्ने यहि उपाय हो। यो देस भित्र बढ्यो भनेस्थिति अकल्पनीय हुनेछ । त्यसैले सरकारी निर्णय पूरा लागू गरौं ।

२. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् । उनीहरु नेपाल फर्कनुपर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुलाई कसरीब्यबस्थापन गर्नेबारे कार्यक्रम तयार गरियोस् ।

३. देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु (ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा कम गर्ने कामदारहरुका लागि कार्यक्रमतयार गरियोस् ।

४. कृषिसँग जोडिएका उद्योग र ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरि बचाउने भन्नेबारे कार्यक्रम तयार गरियोस् ।

५. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियतको व्यवस्था गरियोस ।

६. माननीय सांसदहरुले दिएको विकास रकम बन्द गरि उक्त रकम अहिलको समस्या समाधानका लागि प्रयोग गरियोस् ।

७. राष्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संबैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौती गरि कोरोनभाइरससँगको लडाईमा खर्च गरियोस् ।

८. निजि तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालय समेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण, तथा कोरोनसग लड्न बिभिन्न अस्पतालको ब्यबस्थापन बारे कार्यक्रम बनाएर लागु गरियोस् ।

९. यो लडाईमा सफल हुन सरकारले भनेको कुरो गर्छ, जनतासँग झुटो बोल्दैन र भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनतामा विश्वास हुनुपर्दछ ।त्यसैले भ्रष्टाचारको कुरो बाहिर आँउदा तुरुन्त के भएको  हो स्पष्ट पार्नुपर्छ । र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्दछ तब मात्र जनतालेसरकारलाई साथ दिन्छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ३३ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले