राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा खर्च गरियोस् : लोहनी « Khabarhub

राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा खर्च गरियोस् : लोहनी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले कारोना भाइरस संक्रमण फैलन नदिन नौ बुँदे सुझाव दिएका छन्  

डा. लोहनीले सरकारले गरेको लकडाउनको समर्थन गर्दै राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलबभत्त्ता २५ प्रतिशत कौटती गरि कोरोनाभाइरससँगको लडाईमा खर्च गर्न माग गरेका छन्  

यस्ता छन् डा. लाेहनीकाे नाै बुँदे सुझाव

. सरकारको लकडाउनको निर्णय सफल पारौं देबभित्र कोरोना भाइरस (कोभिड१९) रोक्ने यहि उपाय हो। यो देस भित्र बढ्यो भनेस्थिति अकल्पनीय हुनेछ त्यसैले सरकारी निर्णय पूरा लागू गरौं

. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् उनीहरु नेपाल फर्कनुपर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुलाई कसरीब्यबस्थापन गर्नेबारे कार्यक्रम तयार गरियोस्

. देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु (ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा कम गर्ने कामदारहरुका लागि कार्यक्रमतयार गरियोस्

. कृषिसँग जोडिएका उद्योग ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरि बचाउने भन्नेबारे कार्यक्रम तयार गरियोस्

. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियतको व्यवस्था गरियोस

. माननीय सांसदहरुले दिएको विकास रकम बन्द गरि उक्त रकम अहिलको समस्या समाधानका लागि प्रयोग गरियोस्

. राष्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संबैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौती गरि कोरोनभाइरससँगको लडाईमा खर्च गरियोस्

. निजि तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालय समेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण, तथा कोरोनसग लड्न बिभिन्न अस्पतालको ब्यबस्थापन बारे कार्यक्रम बनाएर लागु गरियोस्

. यो लडाईमा सफल हुन सरकारले भनेको कुरो गर्छ, जनतासँग झुटो बोल्दैन भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनतामा विश्वास हुनुपर्दछ त्यसैले भ्रष्टाचारको कुरो बाहिर आँउदा तुरुन्त के भएको  हो स्पष्ट पार्नुपर्छ भ्रष्टाचारीलाई कारबाही गर्नुपर्दछ तब मात्र जनतालेसरकारलाई साथ दिन्छन्

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ३३ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका