प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनामा अनुसन्धान शुरु « Khabarhub

प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनामा अनुसन्धान शुरु


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणको जोखिम कम गर्न भनेर सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्नेलाई ग्यासको सिलिन्डर बोकाएर सडकमा बसाएको घटनाप्रति प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्वीरको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु भएको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्वीरमा एक जना व्यक्ति काँधमा ग्यासको सिलिण्डर बोकेर सडकमा बसिरहेका छन् । उनको अगाडि एक जना महिला प्रहरी छन् ।

सामाजिक सञ्जाल प्रहरीकर्ताहरुले प्रहरीले बल प्रयोग गरी लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती गरेको भन्दै आलोचना गरिरहेका छन् । केहीले भने लकडाउन उल्लंघन गर्नेलाई यस्तै सजाय हुनुपर्ने भन्दै प्रहरीको प्रसंशा पनि गरिहेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले तस्वीरको विषयमा अनुसन्धान शुरु भएको बताएका छन् । तर, उक्त तस्वीर कुन ठाउँको हो भन्ने विषय भने खुल्न सकेको छैन ।

प्रहरी प्रवक्ता एसएसपी जोशीले अहिले पहिलोपटक सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने व्यक्तिसँग सोधपुछ थालिएको बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ३६ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा