प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनामा अनुसन्धान शुरु | Khabarhub Khabarhub

प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनामा अनुसन्धान शुरु


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणको जोखिम कम गर्न भनेर सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्नेलाई ग्यासको सिलिन्डर बोकाएर सडकमा बसाएको घटनाप्रति प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्वीरको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु भएको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्वीरमा एक जना व्यक्ति काँधमा ग्यासको सिलिण्डर बोकेर सडकमा बसिरहेका छन् । उनको अगाडि एक जना महिला प्रहरी छन् ।

सामाजिक सञ्जाल प्रहरीकर्ताहरुले प्रहरीले बल प्रयोग गरी लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती गरेको भन्दै आलोचना गरिरहेका छन् । केहीले भने लकडाउन उल्लंघन गर्नेलाई यस्तै सजाय हुनुपर्ने भन्दै प्रहरीको प्रसंशा पनि गरिहेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले तस्वीरको विषयमा अनुसन्धान शुरु भएको बताएका छन् । तर, उक्त तस्वीर कुन ठाउँको हो भन्ने विषय भने खुल्न सकेको छैन ।

प्रहरी प्रवक्ता एसएसपी जोशीले अहिले पहिलोपटक सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने व्यक्तिसँग सोधपुछ थालिएको बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ३६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको