देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ? « Khabarhub

देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्नेबताएका छन् ।

दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग देउवाले राखेका छन् ।

सोमवार सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपरेको हो भनेर प्रश्न गरेका छन् ।

उनले नेपालीहरूले नाराजुलुश गरेको भिडियो पनि सेयर गर्दै लेखेका छन्–

‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’ प्रश्न गर्दै देउवाले भनेका छन्, ‘दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामारहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ५९ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले