बुटवलमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

बुटवलमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्काे रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ

पाल्पा घर भइ रुपेन्देहीको सैनामैना नगरपालिका बस्दै आएका ३४ वर्षीय बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्न केही दिन अगाडि नै उनको नमूना संकलन गरिएको भए पनि नतिना भने आएको थिएन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार नै उनको नमूनाको परीक्षण गरेको थियो । नमूना परीक्षणको क्रममा नतिजा नेगेटिभ आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

थापा चैत ६ गते संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईबाट नेपाल आएका थिए । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनी चैत १३ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : २६ बजे

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै