लकडाउन लम्बिदै गए राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने « Khabarhub

लकडाउन लम्बिदै गए राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट बच्नका लागि नेपाल सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेकोे लकडाउनका अवधि लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामाग्री भण्डारण गर्ने भएको हो ।

उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरि खाद्यान्न भण्डारण गर्ने भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरि खाद्यान्न भण्डारका लागि छनौट गरेको हो ।

खाद्य गोदामका लागि प्रयोग गर्न भवनको सरसफाइ गर्दै सेनाको टोली

दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगविहीन उक्त १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपद्‌मा निःशुल्क प्रयोग गर्नेगरि सुरक्षा फौजलाई स्वीकृति दिएका छन् । भवन प्रयोग गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई पत्राचार गरिसकेको छ ।

खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएको सेनाको टोलीले भवनको सरसफाई गरि तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिए । यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । उक्त त्रिपाल ओछयाउने र खाद्यान्न भण्डारणका लागि तयारी अवस्थामा राखिएको छ ।

लकडाउन लम्बिदै जादा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरि सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिए ।


शब्द तथा तस्वीर– रमेश गिरी/रासस

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : ५८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।