वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु « Khabarhub

वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ ।

आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष (आईसीयू)मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार मृत्यु हुने महिला काठमाडौंको चन्द्रागिरी नगरपालिका बस्दै आएकी थिइन् । उमेरले करिब ३७ वर्ष पुगेकी उनी यसअघि पनि मधुमेह, पिसाब संक्रमण र हाइपोटेन्सन लगायत रोगबाट ग्रसित थिइन् ।

अस्पताल आउँदा उनमा सामान्य ज्वरो थियो । तर, उपचारका क्रममा अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा सारिएको निर्देशक सेञ्चुरीले बताए ।

यस्तै, मृत्यु हुने पुरुष भने भारतीय नागरिक भएको निर्देशक सेञ्चुरीले बताए । काठमाडौंको कालिमाटी बस्दै आएका उनी सोमबार बिहान ११ बजे अस्पताल भर्ना हुन आएका थिए । उनी केही दिन अगाडि मात्रै आफ्नो देश भारतबाट नेपाल आएका थिए ।

बहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर मृत्यु भएको सेञ्जुरीले बताए ।

अस्पतालका निर्देशक डा.  सेञ्चुरीले उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : २७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल