वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु « Khabarhub

वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ ।

आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष (आईसीयू)मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार मृत्यु हुने महिला काठमाडौंको चन्द्रागिरी नगरपालिका बस्दै आएकी थिइन् । उमेरले करिब ३७ वर्ष पुगेकी उनी यसअघि पनि मधुमेह, पिसाब संक्रमण र हाइपोटेन्सन लगायत रोगबाट ग्रसित थिइन् ।

अस्पताल आउँदा उनमा सामान्य ज्वरो थियो । तर, उपचारका क्रममा अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा सारिएको निर्देशक सेञ्चुरीले बताए ।

यस्तै, मृत्यु हुने पुरुष भने भारतीय नागरिक भएको निर्देशक सेञ्चुरीले बताए । काठमाडौंको कालिमाटी बस्दै आएका उनी सोमबार बिहान ११ बजे अस्पताल भर्ना हुन आएका थिए । उनी केही दिन अगाडि मात्रै आफ्नो देश भारतबाट नेपाल आएका थिए ।

बहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर मृत्यु भएको सेञ्जुरीले बताए ।

अस्पतालका निर्देशक डा.  सेञ्चुरीले उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : २७ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले