धनगढी, सुर्खेत र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै « Khabarhub

धनगढी, सुर्खेत र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्रीहरु प्रदेशहरु पु¥याउन थालिएको छ ।

अत्यावश्यक सामग्रीहरु सोमबार बिहानैदेखि नेपाली सेनाका स्काइ ट्रक (विमान)मार्फत ढुवानी गर्न थालिएको हो ।

सोमबार बिहान धनगढीका लागि उडेको सेनाको स्काइ ट्रक धनगढीमा ल्याण्ड नै नभइ फर्किएको थियो । विमानमा रहेको स्वास्थ्य सामग्रीमा एक प्रकारको गन्ध आएपछि चालक दलले विमान ल्याण्ड नगरी काठमाडौं फर्काएको थियो ।

तर, पछि गन्ध आउने चिज क्लोरिन रहेको पाइएपछि क्लोरिन निकालेर पुनः उडान गरिएको थियो । नेपाली सेनाले स्काइ ट्रकमार्फत सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत र प्रदेश १ को विराटनगरमा स्वास्थ्य सामग्री ढुवानी गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसाद श्रेष्ठका अनुसार प्रदेश नम्बर २ को जनकपुर, बाग्मतीको हेटौंडा, गण्डकी प्रदेशको पोखरा र प्रदेश नम्बर ५ को बुटवलमा गाडीमार्फत स्वास्थ्य सामग्रीहरु ढुवानी गरिने छ ।

सरकारले सातै प्रदेशमा ल्याब संचालन गरेर त्यहिँ कोविड १९ को परीक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा खेम कार्कीले जानकारी दिए । प्रदेशका ल्यावको स्तर वृद्धी संगै चीनबाट ल्याइएका पोर्टेवल पीसीआर मेसिन पनि व्याकअपका लागि पठाइने उनले जानकारी दिए ।

प्रदेशहरुमा तत्कालका लागि पठाइएका सामाग्रीहरु;

व्यक्गित सुरुक्षा सामग्री (पीपीई)– १/१ हजार थान
सर्जीकल माक्स– १०/१० हजार थान
सर्जिकल ग्लोव्स (पञ्जा)– २/२ हजार थान
एन–९५ माक्स– १/१ हजार थान

अन्य स्वास्थ्य सामग्रीहरु भने क्रमश स्थलमार्गमार्फत पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ४१ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी