प्रहरीको पहलमा लकडाउन प्रभावितहरुलाई निःशुल्क खाद्यान्न वितरण « Khabarhub

प्रहरीको पहलमा लकडाउन प्रभावितहरुलाई निःशुल्क खाद्यान्न वितरण


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संत्रमणको जोखिक कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका व्यक्तिलाई प्रहरीको पहलमा खाद्यान्न वितरण गरिएको छ ।

लकडाउनका कारण प्रभावित भएका फरक क्षमता भएका व्यक्ति, अपाङ्ग र दैनिक ज्यालादारी गर्नेहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

विभिन्न बैंक तथा वित्तिय संस्था र सहयोगीहरुसँगको समन्वयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निःशुल्क खाद्यान्न वितरण गर्न थालेको हो ।

जसअन्तर्गत सोमबार मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका तथा अशक्त व्यक्तिसहित हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

डीआईजी पोखरेलकै उपस्थितिमा निःशुल्क खाद्यान्न वितरण गरिएको थियो ।

‘मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु (चोरी, डकैती, हत्या, हिंसा, ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर निरन्तर संचालन गरिने छ,’ डीआईजी पोखरेलले भने ।

लकडाउनको अवधिमा कुनै व्यक्तिलाई खाद्यान्न अभाव भए प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न पनि डीआईजी पोखरेलले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ३६ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने