अमेरिकामा कोरोनाभाइरस संक्रमित एक नेपाली निको भएर घर फर्किए  « Khabarhub

अमेरिकामा कोरोनाभाइरस संक्रमित एक नेपाली निको भएर घर फर्किए 


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका-  अमेरिकामा कोरोना भाइरस संक्रमित एक नेपाली निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालमा  भर्ना भएका उनी निको भएर आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

झण्डै एक साताको उपचारपछि भिडियोग्राफर शम्भु मोक्तान डिस्चार्ज भएका हुन् ।

मोक्तानले फेसबुक स्टाटसमा आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभ गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । साथै मोक्तानले आफ्ना अनुभवहरु अब अन्यलाई पनि शेयर गर्ने पनि जनाएका छन् ।

यस अघि उनले अस्पतालको शय्याबाट आफू कोरोना संक्रमित भएको खुलासा गर्दै अन्यलाई पनि रोग नलुकाउन र सतर्क रहन अपिल गरेका थिए ।

यो पनि पढौं

अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ५९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको