काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहेका ७ प्रदेशमा जम्मा ९३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आज नयाँ तथ्यांक सार्वजनिक गर्दै काठमाडौं उपत्यका बाहेक ७ वटै प्रदेशमा ९३ जना बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १८ जना, प्रदेश २ मा ८ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ३ जना रहेका छन् ।
यस्तै प्रदेश ५ मा २४ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
७ वटै प्रदेशबाट हालम्म २ सय १९ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ४१ जनाको रिपोर्ट नगेटिभ र ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा एक जना, प्रदेश ५ मा १ जना र गण्डकी प्रदेशमा १ जना गरी काठमाडौं उपत्यका बाहिर रहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
विदेशबाट आएका तथा कोरोना संक्रमण हुनसक्ने जोखिममा रहेका १ हजार २ सय ९९ जना ७ वटै प्रदेशमा क्वारेन्टाईनमा बसेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण फैलन नदिन प्रदेश सरकारले पनि पूर्व तयारी र स्वास्थ्य सेवा व्यवस्थापन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण फैलन नदिन ७ वटै प्रदेशमा १६ हजार ३ सय ६७ जनालाई पुग्ने क्वारेन्टाईन वेड तयारी अवस्थामा रहेको छ । यस्तै १ हजार ३ सय ६८ वटा आइसोलेसन वेड समेत प्रदेश सरकारले निर्माण गरीसकेको छ ।
कोरोना संक्रमणको आशंका गरिएका तथा संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सकका लागि ७ वटै प्रदेहमा १ हजार ३ सय ७० वटा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइन, आइसोलेन र विरामीको प्रदेशगत अवस्था यस्तो छ ।
प्रतिक्रिया