काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशमा ९३ बिरामीको आइसोलेसनमा उपचार हुँदै « Khabarhub

काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशमा ९३ बिरामीको आइसोलेसनमा उपचार हुँदै


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहेका ७ प्रदेशमा जम्मा ९३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आज नयाँ तथ्यांक सार्वजनिक गर्दै काठमाडौं उपत्यका बाहेक ७ वटै प्रदेशमा ९३ जना बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १८ जना, प्रदेश २ मा ८ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ३ जना रहेका छन् ।

यस्तै प्रदेश ५ मा २४ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

७ वटै प्रदेशबाट हालम्म २ सय १९ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ४१ जनाको रिपोर्ट नगेटिभ  र ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा एक जना, प्रदेश ५ मा १ जना र गण्डकी प्रदेशमा १ जना गरी काठमाडौं उपत्यका बाहिर रहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

विदेशबाट आएका तथा कोरोना संक्रमण हुनसक्ने जोखिममा रहेका १ हजार २ सय ९९ जना ७ वटै प्रदेशमा क्वारेन्टाईनमा बसेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण फैलन नदिन प्रदेश सरकारले पनि पूर्व तयारी र स्वास्थ्य सेवा व्यवस्थापन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण फैलन नदिन ७ वटै प्रदेशमा १६ हजार ३ सय ६७ जनालाई पुग्ने क्वारेन्टाईन वेड तयारी अवस्थामा रहेको छ । यस्तै १ हजार ३ सय ६८ वटा आइसोलेसन वेड समेत प्रदेश सरकारले निर्माण गरीसकेको छ ।

कोरोना संक्रमणको आशंका गरिएका तथा संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सकका लागि ७ वटै प्रदेहमा १ हजार ३ सय ७० वटा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइन, आइसोलेन र विरामीको प्रदेशगत अवस्था यस्तो छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : ४५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय