नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट | Khabarhub Khabarhub

नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षणको रिपोर्ट निकाल्न सकिने प्रयोगशालाले जनाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले भनिन्, ‘चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनले एक घण्टामै कोरोना परीक्षण गर्न सकिन्छ ।’

दिनभरीमा भने ८ देखि ९ जनाको मात्र परीक्षण गर्न सकिने भएकाले उक्त मेसिन प्रदेशस्तरमा पठाइने झा ले बताइन् ।

‘चीनबाट ५ वटा नयाँ पीसीआर मेसिन आएको छ, यसले एक घण्टामा एउटा र दिनभरीमा ८ देखि ९ वटा केश परीक्षण गर्न सक्छ,’ डा झाले खबरहबसँग भनिन्, ‘त्यो मेसिन हाम्रो प्रयोगशालामा राख्ने होइन, ठूलो ल्याबहरुमा भन्दा पनि फिल्डमा प्रयोग गर्न सकिने भएकालेले त्यसलाई प्रदेश स्तरमा पठाइने हो ।’

प्रदेशहरुमा थोरै केश हुने र छिटो नजिता दिन सकिने भएकाले ती मेसिनहरु प्रदेश स्तरमा पठाउन लागिएको डा झाको भनाइ छ ।

उनले उक्त मेसिनको धेरै क्यापसिटी नहुने भएकाले मासमा वा धेरै जनाको परीक्षण गर्नुपर्दा भने धेरै काम नदिने बताइन् । तर थोरै केश भएका प्रदेशस्तरमा भने यसको उपयोगिता प्रभावकारी हुने डा झाको भनाइ छ ।

‘प्रदेशस्तरमा केश पनि थोरै हुन्छ, त्यहादेखि स्याम्पल काठमाडौं पठाउदा ढिलो रिपोर्ट आउने गरेको थियो, अब यो मेसिनले प्रदेशस्तरमा भने केश पहिचान गर्न छिटो र सहज हुन्छ,’ डा झाले भनिन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : १९ बजे

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते