नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट « Khabarhub

नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षणको रिपोर्ट निकाल्न सकिने प्रयोगशालाले जनाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले भनिन्, ‘चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनले एक घण्टामै कोरोना परीक्षण गर्न सकिन्छ ।’

दिनभरीमा भने ८ देखि ९ जनाको मात्र परीक्षण गर्न सकिने भएकाले उक्त मेसिन प्रदेशस्तरमा पठाइने झा ले बताइन् ।

‘चीनबाट ५ वटा नयाँ पीसीआर मेसिन आएको छ, यसले एक घण्टामा एउटा र दिनभरीमा ८ देखि ९ वटा केश परीक्षण गर्न सक्छ,’ डा झाले खबरहबसँग भनिन्, ‘त्यो मेसिन हाम्रो प्रयोगशालामा राख्ने होइन, ठूलो ल्याबहरुमा भन्दा पनि फिल्डमा प्रयोग गर्न सकिने भएकालेले त्यसलाई प्रदेश स्तरमा पठाइने हो ।’

प्रदेशहरुमा थोरै केश हुने र छिटो नजिता दिन सकिने भएकाले ती मेसिनहरु प्रदेश स्तरमा पठाउन लागिएको डा झाको भनाइ छ ।

उनले उक्त मेसिनको धेरै क्यापसिटी नहुने भएकाले मासमा वा धेरै जनाको परीक्षण गर्नुपर्दा भने धेरै काम नदिने बताइन् । तर थोरै केश भएका प्रदेशस्तरमा भने यसको उपयोगिता प्रभावकारी हुने डा झाको भनाइ छ ।

‘प्रदेशस्तरमा केश पनि थोरै हुन्छ, त्यहादेखि स्याम्पल काठमाडौं पठाउदा ढिलो रिपोर्ट आउने गरेको थियो, अब यो मेसिनले प्रदेशस्तरमा भने केश पहिचान गर्न छिटो र सहज हुन्छ,’ डा झाले भनिन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : १९ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु