कोरोना भाइरसको जोखिमले १० दिनमा १ सय ७९ कैदी रिहा « Khabarhub

कोरोना भाइरसको जोखिमले १० दिनमा १ सय ७९ कैदी रिहा


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ ।

सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् ।

सर्बोच्च अदालतले यही चैत्र ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

सो आदेश लगत्तै एक बर्ष भन्दा कम कैद सजाय भएका १ सय ७९ जना कैदीलाई रिहाई गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए ।

विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट १ सय १९ बालबालिका छुटेका छन् भने अरु कारागारबाट सोमबारसम्ममा ६० जना छुटेका छन् ।

सर्बोच्चको आदेश अनुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १ सय ५५ को कार्यविधि पुर्‍याएर एक वर्षभन्दा कम कैदहरुले छुट्न चाहदा रितपूर्वक निवेदन दिएपछि उनीहरुकाबारेमा आवश्यक निर्णय हुने कणेलले जानकारी दिए ।

‘छुट्दा कैदीले भूक्तान गर्न बाँकी रहेको समयावधिको प्रतिदिन ३ सय रुपैयाँका दरले हुन आउने राजश्व दाखिला गराउनपर्नेछ,’ कणेलले भने ‘तर यो ब्यवस्था एक बर्षभन्दा कम कैद सजाय ठेकिएकाहरुको हकमा मात्रै हो, अदालतको आदेशपछि छुट्नेहरु सोही प्रक्रिया पुर्‍याएर छुटेका छन्, कति राजश्व दाखिला भएको छ भन्ने निकाल्न बाँकी  नै छ ।’

जरिवाना तोकिएका कैदीले भने पूरै जरिवाना तिरेर मात्र छुट्न पाउँने उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरुबाट निवेदन आएपछि कारागार प्रशासनले सम्बन्धित जिल्ला सरकारी कार्यालयमा निवेदन पठाउँछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालत वा न्यायिक निकायमा पठाएपछि त्यहाँको आदेशानुसार कैदी छुट्न सक्छन् । तीबाहेक पनि धेरै कैदीबन्दी कैद भुक्तानीपछि नियमित रुपमा छुटिरहेको महानिर्देशक कणेलले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ३३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु