विपद्‍मा जनताको साहारा बन्नुस्ः मन्त्री अर्याल « Khabarhub

विपद्‍मा जनताको साहारा बन्नुस्ः मन्त्री अर्याल


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम रोक्ने विषयमा सहकारी अगुवाहरुसँग छलफल गरेकी छिन् ।

सरकारले कोरोना भाइरसको जोखिम रोक्न मुलुक लकडाउन गरिसकेको अवस्थामामा मन्त्री अर्यालले मानव जीवन रक्षाका लागि सहकारी अभियन्ताहरुलाई जनताको साहारा बन्न आग्रह गरेकी छिन् ।

राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफलमा मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिएकी हुन् ।

उनले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिएकी छिन् ।

उनले आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत निर्देशन दिइन् ।

कोरोनाको संक्रमणका कारण मुलुक लकडाउनको अवस्थामा रहेका सन्दर्भमा मन्त्री अर्यालले भनिन्, ‘मुलुक अहिले संकटमा छ । यस्तो विपद्‍को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहन्छ। यो अभियान सबैतिर फैलिएको छ ।  तपाईहरुले सेवामुखी भावनाले जनतालाई सहयोग गरी यो विपद्‍सँग लड्न राष्ट्रलाई सहयोग गर्नुस् ।’

यसअघि आइतबार सहकारी विभागले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ती सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र गरिसकेको छ ।

आउँदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ४५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय