भारतमा अलपत्र परेका नेपालीलाई भोकको चिन्ता « Khabarhub

भारतमा अलपत्र परेका नेपालीलाई भोकको चिन्ता


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारी गुमेपछि भारतभर तत्काल रोजगारी गुमाएका २० हजार भन्दा बढी नेपालीहरु दैनिकी कसरी गुजार्ने भनेर चिन्तित भएका छन् ।

कोरोनाको संक्रमण रोक्न भारत सरकारले गरेको लकडाउनका कारण अधिकांश उद्योग–प्रतिष्ठान, होटल-रेष्टुरेन्ट, शपिङ मल, स्टोर लगायतका व्यवसाय ठप्प हुँदा २० हजार भन्दा बढी नेपालीहरूको अस्थायी रुपमा रोजगारी गुमेको छ ।

कोभिड-१९ महामारीविरुद्धको लकडाउनपछि भारतका सबै राज्यहरूमा  नेपाली नागरिकहरूको जागिर मात्रै खोसिएको छैन्, उनिहरूमा बस्ने र खाने समस्या पनि उत्पन्न भएको एक नेपाली आरवी खड्काले बताएका छन्।

झन्डै २० हजारभन्दा बढी नेपाली नागरिकहरू अहिले अलपत्र परेको छन्। खानापिना र बस्ने बासको समेत बन्दोबस्त नभएपछि नेपाल सरकारसँग उनिहरुले उद्धारको माग गरेका छन् ।

नेपाल सरकार र सम्बन्धित निकायले समयमै समस्या समाधानको पहल नगरे भोकमरीले मरिएला भन्ने चिन्ताले सताएको उनिहरुले बताएका छन् ।

दक्षिण भारत, महाराष्ट्र, हिमाचल, पंजाव, जम्मू-कश्मीरलगायतका स्थानबाट करिब ७०/८०  घण्टाको दूरीबाट विभिन्न माध्यमबाट दिल्लीको  आनन्द बिहार बस अड्डा, कश्मीरी गेट बस अड्डा, नयाँ दिल्ली रेलवे स्टेशन, निजामुद्दीन रेलवे स्टेशन साथै आगरा र मथुरा पुगेका थिए नेपालीहरू अहिले अलपत्र अवस्थामा छन् ।

उनिहरुसँगै रहेका ६ सय जति नेपाली नेपाल आए पनि दक्षिण भारत लगायतका अन्य राज्यहरूबाट  नेपाल हिडेका झण्डै २ सय नेपालीहरु अहिले पनि दिल्लीमा अलपत्र परेका छन् ।

एक दुई दिनको खाने बस्ने प्रबन्ध भए पनि त्यसयता खानपिनमा समस्या निम्तिएपछि भोकले ब्याकुल हुने अवस्था आएका अलपत्र परेका नेपालीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ३५ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले