काठमाडौं – लकडाउन अवधिभर शेयर बजार बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै सरकारले लकडाउन घोषणा गरेको चैत २५ गतेसम्म शेयर बजार बन्द हुने जनाएको हो ।
यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको थियो । उक्त अवधि मंगलबार सकिँदैछ ।
सरकारले लकडाउनका समयावधि बढाएपछि नेप्सेले समेत बजार बन्द गर्ने समयावधि बढाएको हो ।
लकडाउन अवधिमा बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको थियो ।
प्रतिक्रिया