स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भए परिवारलाई १० लाख « Khabarhub

स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भए परिवारलाई १० लाख


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई रु दश लाख उपलब्ध गराउने भएको छ ।

नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा आज जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको रु ५०० उपलब्ध गराउने कोरोना भाइरस समन्वय समितिको आज बसेको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यसका साथै ‘लकडाउन’को अवधिभर नगरपालिकाअन्तर्गत कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनसम्म ल्याउने, घर पु¥याउने र आवश्यकतानुसार जनकपुरस्थित प्रादेशिक अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : २३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय