कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख १८ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख १८ हजारबढी संक्रमित


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ४७ हजार ३८० जना संक्रमित छन् । एकै दिन २४ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार ९४३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ८८५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३० हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये २४ हजार १८२ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ७ हजार ३२८ पुगेको छ । अहिलेसम्म १८ हजार २७७ ले ज्यान गुमाएका छन् । २ लाख ५५ हजार ९३७ जना उपचारपछि फर्किएका छन् । २ लाख ३३ हजार ११४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ५० हजार ९२५ जना संक्रमित भएका छन् । ६६ हजार ९४७ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख १ हजार २७९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १९ हजार ९३७ जनाको अवस्था गम्भीर छ । १ लाख ८२ हजार ६९९ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ६५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । ८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । ५७ हजार २६१ जना निको भएका छन् भने १ लाख ४०९ जना उपचाररत छन् । ९ हजार ७४८ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३७ हजार ६९३ संक्रमित भएका छन् । १ हजार ५९२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३२२ जना संक्रमित भएका छन् । १०८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै मृतकको संख्या २४ हजार २७५ पुगेको छ । १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् ।

७९ हजार ६९५ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : ५७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान