अमेरिकी अर्थतन्त्र एक दशकयताकै कमजोर अवस्थामा « Khabarhub

अमेरिकी अर्थतन्त्र एक दशकयताकै कमजोर अवस्थामा


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको अर्थतन्त्र एक दशकयताकै कमजोर र जोखिमको अवस्थामा पुगेको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै गम्भीर असर परेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र गम्भीर रुपले प्रभावित भएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा वार्षिक ४.८ प्रतिशतका दरले गिरावट आएको देखिएको छ । यो गिरावट सन् २००८ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

तस्वीर : बीबीसी

उक्त गिरावटसँगै अमेरिकाको केन्द्रीय बैंकका रणनीतिकारले कोरोना भाइरसको महामारीले अमेरिका र विश्वभर गम्भीर मानवीय तथा आर्थिक संकट पैदा हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ३१ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को