अमेरिकी अर्थतन्त्र एक दशकयताकै कमजोर अवस्थामा « Khabarhub

अमेरिकी अर्थतन्त्र एक दशकयताकै कमजोर अवस्थामा


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको अर्थतन्त्र एक दशकयताकै कमजोर र जोखिमको अवस्थामा पुगेको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै गम्भीर असर परेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र गम्भीर रुपले प्रभावित भएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा वार्षिक ४.८ प्रतिशतका दरले गिरावट आएको देखिएको छ । यो गिरावट सन् २००८ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

तस्वीर : बीबीसी

उक्त गिरावटसँगै अमेरिकाको केन्द्रीय बैंकका रणनीतिकारले कोरोना भाइरसको महामारीले अमेरिका र विश्वभर गम्भीर मानवीय तथा आर्थिक संकट पैदा हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ३१ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत