कोरोना भाइरसले भारतमा १ हजार ७९ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसले भारतमा १ हजार ७९ जनाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो ।

भारतमा एकैदिन थप १ हजार ७३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएका छन् । २३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमध्ये पनि भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ८१ जनाले ज्यान गुमाएका छन् भने १ लाख १७ हजार ५८९ संक्रमित छन् ।

एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९३ हजार ६५७ संक्रमित रहेका छन् भने ५ हजार ९५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ५५ बजे

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व