कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी « Khabarhub

कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् ।

वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ ।

चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट अनुसार कोरोना भाइरस सन् २००३ तिर फैलिएको सार्स नियन्त्रणमा आएजस्तो समाप्तै भएर जाने अवस्था छैन ।

लक्षण नदेखिने संक्रमितहरुले कोरोना भाइरसको संक्रमण फैलाउने खतरालाई बढाइरहेको द हिलले प्रकाशित गरेको  उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणमा समस्या हुने शोधकर्ताको दावी छ ।

सार्सका संक्रमित एकपटक क्वारेन्टाइन बसेपछि फैलिने क्रम रोकिएजस्तो कोरोनाको हकमा नपाइएको शोधकर्ताहरुले जनाएका छन् ।

कोरोनाको भाइरसको महामारी नियन्त्रणमा आएको चीनले घोषणा गरे पनि पुनः एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केसहरु देखिरहेका छन् ।

चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइका अनुसार कोरोना भाइरसलाई जरैदेखि उल्मुलन गर्न नसकिए यसले लामो समयसम्म महामारीको पुरावृत्ति गरिरहनेछ ।

अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले पनि गत महिना कोरोना भाइरस मौसमी महामारी बन्ने खतरा रहेको चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : २५ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै