विश्वमा १० लाखले जिते कोरोना संक्रमणविरुद्धको लडाइँ « Khabarhub

विश्वमा १० लाखले जिते कोरोना संक्रमणविरुद्धको लडाइँ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व त्रसित छ ।

विहीबार विहान समाचार तयार पार्दासम्म विश्वमा ३२ लाख २० हजार बढी संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ लाख २८ हजार २२३ जनाले ज्यान गुमाएका छन् भने १० ला ३५३ जना कोरोनाविरुद्धको सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।

१९ लाख ८१ हजार ६५३ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये ५९ हजार ८११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ ।

अमेरिकामा मात्रै कोरोनाका कारण ६१ हजार ६६८ जनाले ज्यान गुमाएका छन् भने १० लाख ६५ हजार ५३३ जना संक्रमित रहेको जनाइएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, बेलायत जर्मनी, टर्की, रसिया, इरान लगायतका मुलुक प्रभावित बनेका छन् ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाका कारण ३३ हजार बढी संक्रमित रहेका छन् भने १ हजार ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

भारत सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा १६ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : २४ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को