प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दायर बढाउन माग | Khabarhub Khabarhub

प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दायर बढाउन माग


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो कन्फ्रेन्समा उनीहरुले संयुक्त रुपमा परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् ।

उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराएका थिए । समितिका प्रमुखहरुले क्वारेन्टाइनमा बसेकाको सङ्ख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन् । इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नपाएको गुनासो गरे । इलाममा स्वास्थ्यकर्मी र औषधिको समेत अभाव भएको उनले बताए ।

यस्तै झापाका जिसस प्रमुख सोमनाथ पोर्तेलले किट अभावमा भारतलगायत तेस्रो देशबाट आएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नसकिएको बताए । उनले झापामा विभिन्न देशहरुबाट १०० प्रवेश गरेको जानकारी दिँदै सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको बताए ।

तेह्रथुमका जिसस प्रमुख शिव ढुङ्गानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको जानकारी दिँदै अन्य जिल्लाबाट यस क्षेत्रमा आउनेहरुको सङ्ख्या घटेको बताए । तेह्रथुममा ३७४ जनाको आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

सङ्खुवासभाका जिसस प्रमुख सुमन शाक्यले काठमाडौंलगायतका विभिन्न जिल्लाबाट यस क्षेत्रमा प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्ने गरेको बताउँदै जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएको जानकारी दिए । ओखलढुङ्गाका जिससप्रमुख जयबहादुर श्रेष्ठले काठमाडौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुलाई अनिवार्य आरडिटी गर्ने गरिएको बताउँदै अहिलेसम्म २३१ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

सामाजिक विकासमन्त्री घिमिरले प्रत्येक जिल्लालाई दोस्रो चरणमा ३६० का दरले किट पठाएको जानकारी दिँदै प्रकोप भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाइन जानकारी दिए । उनले प्रदेशका १४ जिल्लाका स्वास्थ्यकर्मीलाई शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब सङ्कलन गर्नेसम्बन्धी तालिम प्रदान गरेको बताए ।

काठमाडौं लगायतका विभिन्न जिल्लाबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रमुखहरुसँग उनले जोड दिए । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भन्दै वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १ : ०२ बजे

गण्डकीमा घरेलु मदिरा नियमन विधेयकः वार्षिक ६० लिटर रक्सी पार्न इजाजत नचाहिने

पोखरा – गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३

रिहा गरिनुपर्ने निवेदनपछि रविले अदालतमा बुझाए पौने ३ करोडको बैंक जमानत

काठमाडौं- सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की

काठमाडौ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली