कोरोना भाइरस निको हुन कति समय लाग्छ ? « Khabarhub

कोरोना भाइरस निको हुन कति समय लाग्छ ?


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायती प्रधानमन्त्री बोरिस जोनसम कोरोना भाइरसबाट निको भएर काममा फर्केका छन् । तर कतिपय बिरामीलाई पूर्ण रूपमा निको भई फिर्ता हुन लामो समय लाग्न सक्छ ।

निको हुने समय सुरुमा तपाईँ कुन चरणको बिरामी हुनुहुन्थ्यो भन्नेमा निर्भर हुन्छ । केही व्यक्तिहरू चाँडै रोगमुक्त हुन्छन् भने कतिका लागि यो दीर्घ समस्या बन्न सक्छ।

उमेर, लिङ्ग तथा स्वास्थ्यसम्बन्धी अन्य समस्याले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ जोखिम देखाउँछ। जति चाँडो तपाईँले उपचार पाउनुहुन्छ र जति लामो समयसम्म उपचार हुन्छ त्यति नै निको हुने सम्भावना हुन्छ।

सामान्य लक्षण देखा पर्दा के हुन्छ?

कोभिड-१९ बाट सङ्क्रमित अधिकांश बिरामीलाई खोकी र ज्वरोजस्ता मुख्य लक्षणहरू देखा पर्छन्। तर उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने पनि हुनसक्छ।

सुरुमा सुक्खा खोकी र पछि भाइरसका कारण मरेका फोक्सोका कोषिकायुक्त खकारसहित खोकी लाग्न सक्छ।

यस्ता लक्षणहरूको उपचारमा आराम, पर्याप्त तरल पदार्थको सेवन र दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गरिन्छ।

सामान्य लक्षण भएका बिरामीहरू छिटै राम्ररी निको हुन सक्छन्।

एक साताभन्दा कम समयमै ज्वरो निको हुन सक्छ तर खोकी केही समय रहन्छ।

चिनियाँ तथ्याङ्कका आधारमा विश्व स्वास्थ्य सङ्गठनले गरेको विश्लेषणले औसतमा निको हुन दुई साता लाग्ने देखाएको छ।

गम्भीर लक्षण देखिए के हुन्छ?

कतिपयका लागि यो निकै गम्भीर बन्न सक्छ। सङ्क्रमणको सातदेखि १० दिनसम्ममा यस्तो अवस्था आउन सक्छ।

यस्तो परिवर्तन निकै तीव्र हुन सक्छ। फोक्सो सुन्निन्छ र सास फेर्न गाह्रो हुन थाल्छ।

शरीरको प्रतिरक्षा प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँदा शरीरमा जटिलताहरू उत्पन्न हुन्छन्। त्यसले गर्दा यस्तो हुन्छ।

अक्सिजन दिनका लागि केही मानिसलाई अस्पतालमा राख्नुपर्ने हुनसक्छ।

चिकित्सक सेरा जार्भिस भन्छिन्, “सास फेर्न गाह्रो हुने अवस्था निको हुन केही समय लाग्छ किनकि शरीर सुन्निएको हुन्छ र दागहरू देखिएका हुन्छन्।”

उनका अनुसार यो चरणमा निको हुन दुईदेखि आठ सातासम्म लाग्न सक्छ। थकान भने लामै समयसम्म रहिरहन्छ।

कसलाई सघन उपचार चाहिन्छ?
विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार २० बिरामीमध्ये एक जनालाई सघन उपचार आवश्यक पर्नसक्छ।

त्यस्ता बिरामीहरूलाई भेन्टिलेटरमा राख्नुपर्छ।

सघन उपचार केन्द्र (आईसीयू) मा राखिएका बिरामी निको हुन थप समय लाग्छ। उनीहरूलाई घर पठाउनुअघि सामान्य उपचार कक्षमा सारिन्छ।

इन्टेन्सिभ केअर मेडिसिन विभागकी डीन डा. एलिसन पिटार्डका अनुसार सघन उपचारमा रहेका बिरामीलाई तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्छ।

अस्पतालमा लामो समय बस्दा बिरामीको तौल घट्छ। मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। हिँडडुल गर्न कतिलाई फिजिओथेरपी आवश्यक पर्न सक्छ।

कतिपयमा मनोवैज्ञानिक समस्या हुने सम्भावना पनि रहन्छ।

चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव हुने, थोरै हलचल गर्दापनि स्वाँस्वाँ हुने र खोकी लागिरहने उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ।

कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजिओथेरपिस्ट पाउल टोज भन्छन्, “बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ भन्ने हामीलाई थाहा छ। तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ।”

बीबीसीबाट

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ४ : ३२ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।