कोरोना त्रासकाबीच नेपालमा १ सय ८५ जनामा दादुरा, २ बालबालिकाको मृत्यु « Khabarhub

कोरोना त्रासकाबीच नेपालमा १ सय ८५ जनामा दादुरा, २ बालबालिकाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको त्रासकाबीच नेपालका विभिन्न जिल्लाहरुमा दादुराको प्रकोप देखा परेको छ ।

परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झलक गौतमले देशका विभिन्न जिल्लाहरुमा पुसदेखि बैशाख सम्ममा दादुरा रोगका बिरामी देखिएको जानकारी दिएका हुन् ।

डा डौतमका अनुसार पुस महिना यता झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन् । ती जिल्लाहरुमा १ सय ८५ जना दादुराका बिरामी भेटिएको डा गौतमले बताए ।

डा गौतमका अनुसार दादुराका बिरामी ४ महिना देखि ४० वर्षका व्यक्तिहरु रहेका छन् । दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्युसमेत भएको डा गौतमले बताए ।

उनका अनुसार दादुरा रोगका कारण चैत महिनामा धादिङका दुईजना बालबालिकाको मृत्यु भएको हो ।

डा गौतमका अनुसार धादिङमा यसअघि पनि दादुराको प्रकोप देखिएकाले हिजो(बुधबार) देखि प्रकोप देखिएका क्षेत्रमा खोप दिन शुरु गरिएको छ ।

सरकारले दादुराको प्रकोप देखिएसँगै उक्त क्षेत्रमा ६महिना देखि १५ वर्ष सम्मका २० हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप अभियान शुरु गरेको हो । डा गौतमका अनुसार प्रकोप क्षेत्रका व्यक्तिहरुमा दादुरा परीक्षण गरी भिटामिन तथा औषधि वितरण पनि शुरु गरिएको छ ।

यस्तै गम्भिर प्रकृतिका बिरामीलाई उपचारको व्यवस्थापनि गरिएको उनले जानकारी दिए ।

डा गौतमका अनुसार दादुरा रुबेला विरुद्धको खोप तीन महिनालाई स्टक रहेकाले विभिन्न जिल्लाहरुमा स्थानीय तहसँग सम्बन्वय गरेर नियमित रुपमा खोप अभियान संचालन गरिने भएको छ ।

खोप सेवा दिँदा निश्चित दूरी कायम गरी बालबालिकालाई खोप सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह समेत गरिएको उनले बताए । यस्तै खोप सेवा संचालन गर्दा मास्क, पञ्जाको प्रयोग गर्न पनि डा गौतमको आग्रह छ । उनले खोप सेवा सञ्चालन गर्दा कुनै समस्या देखिएमा परिवार कल्याण महाशाखामा सम्पर्क गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ४ : ५३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।