कोरोना त्रासकाबीच नेपालमा १ सय ८५ जनामा दादुरा, २ बालबालिकाको मृत्यु « Khabarhub

कोरोना त्रासकाबीच नेपालमा १ सय ८५ जनामा दादुरा, २ बालबालिकाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको त्रासकाबीच नेपालका विभिन्न जिल्लाहरुमा दादुराको प्रकोप देखा परेको छ ।

परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झलक गौतमले देशका विभिन्न जिल्लाहरुमा पुसदेखि बैशाख सम्ममा दादुरा रोगका बिरामी देखिएको जानकारी दिएका हुन् ।

डा डौतमका अनुसार पुस महिना यता झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन् । ती जिल्लाहरुमा १ सय ८५ जना दादुराका बिरामी भेटिएको डा गौतमले बताए ।

डा गौतमका अनुसार दादुराका बिरामी ४ महिना देखि ४० वर्षका व्यक्तिहरु रहेका छन् । दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्युसमेत भएको डा गौतमले बताए ।

उनका अनुसार दादुरा रोगका कारण चैत महिनामा धादिङका दुईजना बालबालिकाको मृत्यु भएको हो ।

डा गौतमका अनुसार धादिङमा यसअघि पनि दादुराको प्रकोप देखिएकाले हिजो(बुधबार) देखि प्रकोप देखिएका क्षेत्रमा खोप दिन शुरु गरिएको छ ।

सरकारले दादुराको प्रकोप देखिएसँगै उक्त क्षेत्रमा ६महिना देखि १५ वर्ष सम्मका २० हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप अभियान शुरु गरेको हो । डा गौतमका अनुसार प्रकोप क्षेत्रका व्यक्तिहरुमा दादुरा परीक्षण गरी भिटामिन तथा औषधि वितरण पनि शुरु गरिएको छ ।

यस्तै गम्भिर प्रकृतिका बिरामीलाई उपचारको व्यवस्थापनि गरिएको उनले जानकारी दिए ।

डा गौतमका अनुसार दादुरा रुबेला विरुद्धको खोप तीन महिनालाई स्टक रहेकाले विभिन्न जिल्लाहरुमा स्थानीय तहसँग सम्बन्वय गरेर नियमित रुपमा खोप अभियान संचालन गरिने भएको छ ।

खोप सेवा दिँदा निश्चित दूरी कायम गरी बालबालिकालाई खोप सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह समेत गरिएको उनले बताए । यस्तै खोप सेवा संचालन गर्दा मास्क, पञ्जाको प्रयोग गर्न पनि डा गौतमको आग्रह छ । उनले खोप सेवा सञ्चालन गर्दा कुनै समस्या देखिएमा परिवार कल्याण महाशाखामा सम्पर्क गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ४ : ५३ बजे

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि