अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति « Khabarhub

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा तेल बोकेको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको छ । करिब सात लाख ३० हजार ब्यारेल तेल बोकेको उक्त ट्याङ्कर आइतबार साँझ क्युबाको समुद्री सीमाबाट केही माइल टाढा पुगेको थियो ।

उक्त जहाज सोमबार रातिसम्म मातान्जास बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ । अमेरिकी तटरक्षकसँग सो क्षेत्रमा ट्याङ्कर रोक्न सक्ने दुई जहाज भए पनि हस्तक्षेप गर्न आदेश दिइएको थिएन । उक्त ट्याङ्कर क्युबा पुगेपछि त्यहाँको चर्किंदो ऊर्जा सङ्कट केही हप्तासम्म कम हुन सक्ने अनुमान गरिएको छ ।

जनवरीदेखि अमेरिकी प्रशासनले क्युबामाथि थप तेल प्रतिबन्ध लगाउँदै आएको छ र बारम्बार सैन्य चेतावनी पनि दिएको छ । अमेरिकाले क्युबामा शासन परिवर्तनको प्रयासबारे पनि विचार गरिरहेको बताइएको छ ।

यसैबीच, रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्युबालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले क्युबाको सार्वभौमिकतामा हस्तक्षेप गर्ने प्रयासको कडा विरोध पनि गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ४५ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य