लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ « Khabarhub

लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरीया– अवैध लागू औषध ब्राउन सुगरसहित बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका-६ बाट अवैध लागू औषध ब्राउनसुगर ४६ ग्राम ४ सय ३० मिलीग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको टीकापुर नगरपालिका-१ घर भएका २८ वर्षीय राजन रावल, कैलालीकै लम्की चुवा नगरपालिका-५ घर भएका २९ वर्षीय रोशन कडायत, दैलेखको दुल्लु नगरपालिका-७ घर भएका २७ वर्षीय आकाश शाह र कैलाली टीकापुर नगरपालिका-९ घर भएका ३३ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

उनीहरुले बा.१२ च ६२९९ नम्बरको गाडीमा लागूऔषध ब्राउनसगुरको कारोबार तथा ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त गाडी नियन्त्रणमा लिई खानतलासी गरेको थियो ।

खानतलासी गर्दा गाडीको स्टेरिङभित्र कालो रङको प्लाष्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : ४३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु