लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ « Khabarhub

लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरीया– अवैध लागू औषध ब्राउन सुगरसहित बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका-६ बाट अवैध लागू औषध ब्राउनसुगर ४६ ग्राम ४ सय ३० मिलीग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको टीकापुर नगरपालिका-१ घर भएका २८ वर्षीय राजन रावल, कैलालीकै लम्की चुवा नगरपालिका-५ घर भएका २९ वर्षीय रोशन कडायत, दैलेखको दुल्लु नगरपालिका-७ घर भएका २७ वर्षीय आकाश शाह र कैलाली टीकापुर नगरपालिका-९ घर भएका ३३ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

उनीहरुले बा.१२ च ६२९९ नम्बरको गाडीमा लागूऔषध ब्राउनसगुरको कारोबार तथा ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त गाडी नियन्त्रणमा लिई खानतलासी गरेको थियो ।

खानतलासी गर्दा गाडीको स्टेरिङभित्र कालो रङको प्लाष्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : ४३ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट