‘रेमडेसिभर’ नामक औषधि कोरोना संक्रमणविरुद्ध प्रभावकारी देखिएको अमेरिकी वैज्ञानिकको दाबी « Khabarhub

‘रेमडेसिभर’ नामक औषधि कोरोना संक्रमणविरुद्ध प्रभावकारी देखिएको अमेरिकी वैज्ञानिकको दाबी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् ।

‘रेमडेसिभर’ नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको उनीहरुले जनाएका छन् । हालसम्म यो औषधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको बताइएको छ ।

अमेरिकी इपिडिमियोलोजिस्ट डा एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताए । यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो ।

यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । उनले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरेका छन् ।

पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

औषधिको परीक्षण सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ ।

अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयुद्ध पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : ३९ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को