भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ६ सय नाघ्यो « Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ६ सय नाघ्यो


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको जनाएको छ ।

विहीबार साँझ समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३३ हजार ६१० पुगेकाे छ । विहीबार मात्र थप ५४८ जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा संंक्रमितहरूमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल २४ हजार ९४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचार भइरहेको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका छन् । भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा कोरोना भाइरसको संक्रमण उच्च देखिएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा यस अघि नै गरिसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : ०५ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को