कोरोना भाइरस : विश्वभर एकै दिन ७७ हजारभन्दा बढी डिस्चार्ज « Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन ७७ हजारभन्दा बढी डिस्चार्ज


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वका विभिन्न मुलुकबाट एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

शुक्रबार विहान ७ बजेसम्म विश्वका विभिन्न मुलुकमा २५ लाख ७९ हजार ५३४ जना मानिस संक्रमणमुक्त भएकोमा शनिवार विहान ५ बजेसम्म २६ लाख ५६ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् । अर्थात ७७ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।

५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म २१३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २३ हजार १५३ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २४३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ८२५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ३७४ पुगेको छ।

३० लाख १ हजार १३६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७२४ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार विहान ५ बजेसम्म १ लाख ७२ हजार ५३१ जनाको मृत्यु भएको छ ।

१९ लाख ८६ हजार ८९१ जना संक्रमित भएकोमा ९ लाख ६३ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख १० हजार ९१३ पुगेको छ । त्यसमध्ये ६ लाख ४६ हजार २५० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २९ हजार ६६५ जनाको मृत्यु भएको छ । १० लाख ८० हजार ४३४ जना संक्रमित भएकोमा ६ लाख ५१ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार १५४ जनाको मृत्यु भएको छ । ७ लाख ९७ हजार ८६८ जना संक्रमित भएकोमा ३ लाख २७ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ९४५ जनाको ज्यान गएको छ भने १ लाख ३७ हजार ५४४ जना संक्रमित छन् । संक्रमितमध्ये ५८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७८२ जना संक्रमित भएकोमा ८ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : ४० बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि