विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर, मेस्सी तेस्रो स्थानमा | Khabarhub Khabarhub

विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर, मेस्सी तेस्रो स्थानमा


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने  खेलाडीको सूचिमा परेका छन् ।

फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

फोब्सको नम्बर एक सूचिमा परेका उनले फुटबल स्टार लियोनल मेस्सीलाई उछिनेका छन् ।

३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे ।

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् ।

कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : ४३ बजे

पूर्वसभामुख रानाभाटको अर्ती– ‘सभामुख खोक्दा पनि मर्यादित हुनुपर्छ’ 

कस्तो हुनुपर्छ सभामुखको भूमिका र मर्यादा ? कता जाँदै छ

चालु वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत, कस्ता छन् अन्य सूचक ?

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ३ दशमलव ९

कांग्रेसलाई पेलेरै सरकारले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले

संसद्‍मा प्रधानमन्त्रीले भने : बजेट आउनुअघि कांग्रेससँग सहमति भइसक्छ

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका

संसद‍्मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले आइतबार बसेको