स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा « Khabarhub

स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- भारतबाट लुकेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाली आउने क्रम रोकिएको छैन ।

प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको बाजुरामा कोरना भाइरसका लागि चाहिने आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मी नै जोखिममा काम गर्दै आएका छन् ।
जिल्लाका स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य सहायताकक्ष हुँदै भारत र जिल्ला बाहिरका शहरबाट आएर क्वारेन्टिनमा बसेकाको जाँच गर्नका लागि चाहिने व्यक्तिगत स्वास्थ्य सामग्री (पिपिइ) नहुँदा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पार्दै सेवा दिँदै आएका छन् ।

जिल्लामा सञ्चालन भएका स्वास्थ्य सहायताकक्षमा समेत ज्वरोमापनबाहेक अन्य कुनै उपकरण नभएकाले उनीहरुले टाढैबाट स्थानीयवासी, भारत र अन्य ठाउँबाट आएकाको ज्वरो जाँच गर्ने गरेका छन् ।

जिल्लाको बूढीगङ्गा नगरपालिकाले ५२ स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीको स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाले शुक्रबारबाट नगरका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीमा जोखिम घटाउनका लागि कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।

स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले रु एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख शाहको भनाइ छ । उनले भने, “कोरना भाइरसको कार्यमा खटिएका स्वास्थ्यकर्मीमा भाइरस सङ्क्रमण देखिएमा बीमा रकम दिने गरी प्रत्येक स्वास्थ्यकर्मीको रु एक लाखको बीमा गरेका छौ ।”

कोरोना बीमा गरेका कर्मचारीलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधिमा कोरोना पोजेटिभ देखिए लगत्तै रु एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिए । नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।

महामारीका रूपमा रहेको कोरना भाइरसका कारण स्थानीयवासीलाई लकडाउनमा भोकभोकै बस्न नदिन नगरपालिकाले रु दुई करोडको राहत कोष स्थापना गरेको नगर उपप्रमुख तारा खातीले बताए । प्रत्येक वडाका वडाध्यक्षलाई अतिविपन्न, एकल दलित, मुक्तहलिया तथा खलियाको तथ्याङ्क सङ्कलन गरी राहत वितरणसमेत गरिसकेको छ ।

नगरपालिकाले प्रतिपरिवार ३० केजी चामल, नुन, दाल, खानेतेल र तरकारीसमेत राहत दिएको छ । बूढीगङ्गा जिल्लाको पहिलो स्वास्थ्यकर्मीको बीमा गर्ने नगरपालिका बनेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ५२ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका