लाइभ रिपोर्टिङकै क्रममा सिएनएनका पत्रकार पक्राउ « Khabarhub

लाइभ रिपोर्टिङकै क्रममा सिएनएनका पत्रकार पक्राउ


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले लाइभ रिपोर्टिङकै क्रममा पक्राउ गरेको छ ।

मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलससहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला लाइभ रिपोर्टिङ गरिरहेका सिएनएनका पत्रकार ओमार जिमिनेजलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार जिमिनेजलाई पक्राउ गरिएको केहीबेरपछि छाडिएको थियो ।

प्रहरीले हट्न भनेका बेला नहटेपछि उनीहरुलाई पक्राउ गरिए पनि मिनेशोटाका गभर्नर टिम वाल्जले घटनाप्रति माफी मागेका छन् ।

सिएनएनले पत्रकारलाई गरिएको पक्राउ संविधानको उल्लंघन भन्दै भर्त्सना गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ११ : १० बजे

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक

आज २०७९ साल चैत १३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १३ गते सोमबार ।

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर