थप १३ जना डिस्चार्ज, नेपालमा हालसम्म २१९ जना कोरोना संक्रमित निको भए | Khabarhub Khabarhub

थप १३ जना डिस्चार्ज, नेपालमा हालसम्म २१९ जना कोरोना संक्रमित निको भए


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो ।

योसँगै हालसम्म निको हुनेको संख्या  २१९ पुगेको छ । जसमा १७२ जना पुरुष र ४७ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितमध्ये ११ जना निको भएका छन्। डिस्चार्ज हुनेमा मकवानपुरका ७ वर्षीय बालक, भक्तपुर नगरपालिका-५ का ४२ वर्षीय पुरुष, एक डाक्टर र एक नर्स पनि छन्।

मन्त्रालयका अनुसार हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७२९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्य पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २५७५ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ४ : ४८ बजे

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित

कोलम्बो – श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)

इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन्

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न

अनमोलको हातमा दुई फिल्म, ‘बटुलो जुन’ पछि ‘ए मेरो हजुर ५’ गर्ने

काठमाडौं – नायक अनमोल केसी विगतमा एक फिल्म प्रदर्शनमा आएपछि